रोकियो ‘वार-२’को तालिका, जुनियर एनटीआरद्वारा प्रस्ताव अस्वीकार

रोकियो ‘वार-२’को तालिका, जुनियर एनटीआरद्वारा प्रस्ताव अस्वीकार

एजेन्सी : बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ ले सन् २०१९ मा बक्स अफिसमा गजबको व्यापार गरेको थियो।

फिल्म बक्स अफिसमा निकै हिट भएको थियो भने ऋतिक रोशन र टाइगरको अन-स्क्रिन जोडीलाई पनि निकै रुचाइएको थियो।

योसँगै फिल्मको सिक्वेल ‘वार २’ पनि छिट्टै पर्दामा आउने र यसमा साउथका सुपरस्टार जुनियर एनटीआरको पनि एन्ट्री हुने खबर थियो।

तर यो कुरा अहिले अफवाह साबित भएको छ। जुनियर एनटीआरसँग सम्बन्धित स्रोतले उनले ‘वार २’ नगर्ने बताए।

‘उनले त्यस्तो कुनै फिल्ममा काम गर्दैनन्, जसमा दुई नायक पहिले देखि नै छन्,’ हैदरावादमा रहेको स्रोतले भन्यो।

स्रोतका अनुसार जुनियर एनटीआर ऋतिक रोशनको ‘वार २’ को हिस्सा बन्न तयार छैनन्।

२५ चैत, २०७९, २०:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।