सेटिङ मौलाउँदा देश उँभो लाग्न सकेन : स्वर्णिम

सेटिङ मौलाउँदा देश उँभो लाग्न सकेन : स्वर्णिम

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ को उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गर्दै स्वर्णिम वाग्लेले वैशाख १० गते नयाँ युगको आव्हान गर्ने दिन भएको दाबी गरेका छन्।

मनोनयन पत्र दर्तापछि सम्पर्क कार्यालय खोल्दै उनले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा प्रणाली भत्किएको र सेटिङ मौलाएकाले नेपाल उँभो लाग्न नसकेको बताए।

केही दिन अगाडि वाग्लेले काँग्रेस छाडेर रास्वपामा गएका हुन्। तनहुँ-१ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट सर्वेन्द्र खनालले पनि मनोनयन दर्ता गरेका थिए।

२० चैत, २०७९, १८:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।