चितवन-२ मा दुर्गा प्रसाईँको उम्मेदवार शम्भु थापा, लौरो चुनाव चिन्ह

चितवन-२ मा दुर्गा प्रसाईँको उम्मेदवार शम्भु थापा, लौरो चुनाव चिन्ह

काठमाडौँ : हाम्रो नेपाली पार्टीसँग सहकार्य गर्दै दुर्गा प्रसाईँले चितवन-२ को उप-निर्वाचनमा कालोमोसो अभियानका संयोजक शम्भु थापालाई उम्मेदवार बनाउने घोषणा गरेका छन्।

प्रसाईँको नागरिक बचाउ महाअभियानमा र हाम्रो नेपाली पार्टीले वैशाख १० मा हुन लागेको उप-निर्वाचनमा सहकार्य गरेका हुन्।

आइतबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चितवन–२ मा थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरे। उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।

प्रसाईँले बैङ्क तथा वित्तीय संस्था विरुद्ध अभियान सुरु गर्दै ऋण उठाउन आउने बैङ्कका कर्मचारीलाई कालोमोसो दल्न भनेर कालोमोसो अभियान दस्ता बनाएका थिए। थापा त्यस दस्ताका संयोजक हुन्। प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो। 

प्रसाईँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने दाबी समेत गरेका थिए।

उनले केही आशा गरिएका लामिछाने र लिङ्देन पनि उही पोखरीमा गएर हाम फालेकाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा तिनै क्षेत्रमा उम्मेदवार उठाउने दाबी गरेका थिए। 

१९ चैत, २०७९, १८:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।