बारा-२ मा कांग्रेसले उपेन्द्र यादवलाई सघाउने

बारा-२ मा कांग्रेसले उपेन्द्र यादवलाई सघाउने

काठमाडौं : नेपाली कांग्रेसले बारा-२ को उपचुनावमा जसपालाई सघाउने भएको छ।

सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो।

यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ। यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ।

बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको नाम चर्चा छ।

एमालेले निर्णय गरिसकेको छैन।

१९ चैत, २०७९, १२:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।