स्वर्णिम र रमेश खरेललाई स्वागत गर्दै रविले भने' राजनीति भित्रको अपराधीकरण हो कि अपराधीकरणभित्रको राजनीति हो'

स्वर्णिम र रमेश खरेललाई स्वागत गर्दै रविले भने' राजनीति भित्रको अपराधीकरण हो कि अपराधीकरणभित्रको राजनीति हो'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गरेका छन्।

काँग्रेस त्यागेर रास्वपामा आएका अर्थविद् स्वर्णिम वाग्ले अनि आफ्नै नेतृत्वमा रहेको राष्ट्रिय सुशासन पार्टी छाडेका प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई लाई स्वागत गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन्।

उनले मुलुकका लागि पनि उप निर्वाचनमा हार्ने छुट नभएको दाबी गर्दै उनले विश्व राजनीतिक मञ्चमै राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताबारे चर्चा अनि परिचर्चा हुने गरेको दाबी समेत गरे।

निष्क्रिय नागरिकताका आधारमा चितवन २ मा उम्मेदवार बनेर जिते पनि सांसद पद खारेज भएर उप निर्वाचनको उम्मेदवार बनेका उनले भने' राजनीति भित्रको अपराधीकरण हो कि अपराधीकरणभित्रको राजनीति हो।'

उनी यतिमै अड्किए। राहदानी दुरुपयोगको उजुरीमा अनुसन्धान हुँदै गर्दा प्रहरी र सरकारी वकिलसँगै महान्यायाधिवक्ता मिलेर अदालतमा परीक्षण हुन नदिई मुद्दा नचल्ने निर्णय गरेर उन्मुक्ति दिएका थिए।

छोटो समयमा आफ्नो हितमा राजनीतिक शक्तिको उपयोग गरेका लामिछानेले पत्रकार सम्मेलनमा आफू र आफ्नो परिवारको सुन्दर भविष्य निर्माण गर्न हरेक दिन बाहिर जानेहरूको लाइन लाग्ने गरेको भन्दै उनले रास्वपा सबैभन्दा ठुलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर खडा हुने बताए।

१८ चैत, २०७९, १६:५४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।