स्वर्णिम वाग्लेको दाबी : रामचन्द्र पौडेलको उत्तराधिकारी हुन तनहुँमा उम्मेदवारी

स्वर्णिम वाग्लेको दाबी : रामचन्द्र पौडेलको उत्तराधिकारी हुन तनहुँमा उम्मेदवारी

काठमाडौँ : तनहुँ-१ को उप निर्वाचनमा उम्मेदवार बन्न नेपाली काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका अर्थविद् स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी हुन तनहुँमा उम्मेदवार बन्ने निर्णय गरेको बताए।

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले ऊर्जाशील युवा समूह भएको बेलामा नेपाललाई विकासको गतिमा तीव्र रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

हिजोका दिनमा व्यवस्था परिवर्तनमा केन्द्रित भएको अब अवस्था परिवर्तनमा लाग्नुपर्ने बताए। उनले पैसा कहाँबाट आउँछ अनि राजनीतिलाई कसरी विकृत बनाइरहेको भन्ने पक्ष हेर्नुपर्ने उनले बताए।

अन्य पार्टीमा उम्मेदवार बन्न करोडौं पैसा दिनुपर्ने दाबी गर्दै दुई दिन अगाडि मात्रै रास्वपामा गएका उनले आफू पार्टीभित्र प्रतिस्पर्धा गरेर उम्मेदवारको रूपमा चुनिएको दाबी गरेका थिए।

टिकटकै किनबेच नगरी प्रतिस्पर्धाका आधारमा उम्मेदवारको चयन हुनु सकारात्मक रहेको भन्दै उनले रास्वपाको नेतृत्वको प्रशंसा गरे।

१८ चैत, २०७९, १६:३३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।