मन्त्रीहरूको नाम टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

मन्त्रीहरूको नाम टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक पार्टी मुख्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बुधबार बसेको १० दलीय गठबन्धनको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

बुधबारको सहमतिअनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ। 

कांग्रेसमा कसको नेतृत्वमा सरकारमा सहभागी हुने विषयमा पनि नेताहरूबीच हानथाप छ।

यद्यपि पार्टी सभापति शेरबहादुर देउवा भने उपसभापति पूर्ण बहादुर खड्कालाई पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी गराउने पक्षमा छन्। 

कांग्रेसले ८ वटा मन्त्रालय पाउने भनिए पनि कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

गठबन्धनको बैठकले कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे प्रारम्भिक सुझाव ल्याउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई नै दिएको छ।

प्रधानमन्त्रीले गरेको प्रस्तावमा छलफल गरेर सहमतिमा पुगिने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। 

१६ चैत, २०७९, ०७:२४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।