आजको मौसम : मेघगर्जनसहित पानी पर्न सक्ने

आजको मौसम : मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाडौं : आज (आइतबार) देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही भू-भागहरूमा  मेघगर्जनसहित वर्षा भइरहेको छ।

त्यसैगरी आज राति पनि देशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक देखि मध्यम वर्षा हुने देखिन्छ। 

५ चैत, २०७९, ०७:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।