काठमाडौंसहित पहाडी क्षेत्रमा पानी पर्ने, सोमबार दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौंसहित पहाडी क्षेत्रमा पानी पर्ने, सोमबार दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज (शनिबार) पनि पानी पर्ने सम्भावना छ। अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनका अनुसार अनुसार आइतबार र सोमबार पनि मौसम यस्तै रहन्छ। सोमबार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको उनले बताइन्।

४ चैत, २०७९, ०७:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।