राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न लागिपर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न लागिपर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लागिपर्ने बताएका छन्।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए।

उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नोतर्फबाट प्रयास हुने बताए।

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहने छ। मुलुक समृद्ध रुपमा अघि बढोस्,’ उनले भने, ‘शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ।’

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसहरूप्रति धन्यवाद प्रकट गरे।

३ चैत, २०७९, १९:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।