कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचन र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचन र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

आसन्न उपराष्ट्रपति निर्वाचन, चितवन–२ र तनहुँ–१ मा हुने उप–निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।

१ चैत, २०७९, ०८:१८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।