प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई ६-० ले हराएर स्वदेश फर्कियो नेपाली टिम

प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई ६-० ले हराएर स्वदेश फर्कियो नेपाली टिम

काठमाडौं : नेपाली यू-२० महिला फुटबल टिम एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर मंगलबार बिहान नेपाल आइपुगेको छ।

उक्त छनोटमा नेपालले समूहमा रहेका प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैविरुद्ध समान ६-० को सानदार जित निकालेको थियो।

प्यालेस्टाइनमा भएको छनोटमा दुवै खेल जित्दै नेपाले यू-२० महिला एसियन कप छनोट दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ।

३० फागुन, २०७९, ०७:२४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।