यूएईविरुद्ध नेपालको खराब सुरुवात, २२ रनमै ३ विकेट गयो

यूएईविरुद्ध नेपालको खराब सुरुवात, २२ रनमै ३ विकेट गयो

काठमाडौं : लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। टिमको स्कोर मात्र १२ रन हँदा नेपालले दुवै ओपनर गुमायो।

दोस्रो ओभरमै आसिफ शेष डकआउट भए भने पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ८ रनमा आउट भएका थिए।

यसपछि आठौं ओभरमा कुसल मल्ल पनि मात्र ९ रनमा पेभिलियन फर्किँदा नेपालले मात्र २२ रनमा तीन विकेट खेर फाल्यो।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको यो जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहने छ।

२८ फागुन, २०७९, १०:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।