यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने निर्णय

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने निर्णय

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको यूएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टीयू क्रिकेट मैदानमा हुने यो खेल जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहनेछ।

यूएईलाई लिग-२ मा लगातार दोस्रो खेलमा हराउँदै नेपाल सिरिजका अन्तिम दुई खेल अगावै ओडीआई मान्यता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ।

लिग-२ कै गत हप्ता यूएईमा भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो। 

यस अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो भने यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो।

२८ फागुन, २०७९, ०८:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।