उपेन्द्र यादवको संसद् प्रवेशको बाटो खुल्दै

उपेन्द्र यादवको संसद् प्रवेशको बाटो खुल्दै
तस्बिर- द काठमाडौं पोस्ट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उप–राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ।

राष्ट्रपतिमा रामचन्द्र पौडेलललाई जिताउने गठबन्धनकै तर्फबाट उप–राष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने पक्का छ।

उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न चाहन्छन्।

यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए।

२५ फागुन, २०७९, १९:५०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।