खेलमा फर्कियो नेपाल, १५७ रनमा पीएनजीको ७ विकेट पतन

खेलमा फर्कियो नेपाल, १५७ रनमा पीएनजीको ७ विकेट पतन

काठमाडौं :आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको पीएनजीसँगको जारी खेलमा नेपालले सानदार कमब्याक गरेको छ।

नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पच्छ्याएको पीएनजीले खेलमा राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो।

तर यसपछि नेपाली बलहरू लगातार रुपमा पीएनजीको विकेट झार्न सफल भए। ३५ ओभरको खेल सक्किँदासम्म पीएनजीले १५७ रनमा ७ विकेट गुमाइसकेको छ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो।

नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले।

आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो भने उनले १ हजार ओडिआई रनसमेत बनाए।

२५ फागुन, २०७९, १५:४५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।