तिलोत्तमा गोल्डकपको २२ औं संस्करण चैतमा हुने, विजेतालाई ११ लाख नगद पुरस्कार

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण चैतमा हुने, विजेतालाई ११ लाख नगद पुरस्कार

बुटवल : नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २२ औं संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ। 

२०७५ मा २१ औं संस्करणको प्रतियोगिता पछि कोरोना महामारी लगायतका कारणले २२ औं संस्करण हुन सकेको थिएन।

त्यसको ४ वर्षपछि २१ औं संस्करणको गोल्डकप हुन लागेको रुपन्देही जिल्ला फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

चैत ४ गतेदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। कुल ८ टिमको सहभागिता हुने प्रतियोगिताको विजेताले ११ लाख नगद पुरस्कार प्राप्त गर्नेछ।

त्यस्तै उपविजेता बन्ने टिमले ५ लाख प्राप्त गर्ने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए। प्रतियोगिता संचालनका लागि करिब १ करोड ८ लाख खर्च हुने अनुमान गरिएको छ। 

प्रतियोगितामा रुपन्देही ११ र सुदुर पश्चिम ११ सँगै मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले सहभागिता जनाउने छन्।

२१ औं संस्करणको उपाधि भने क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो। तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा तिलोत्तमा गोल्डकपको स्थापना गरी २०३३ सालदेखि यो प्रतियोगिता सुरू भएको थियो।

२०३३ सालमा भएको पहिलो संस्करणमा सिद्धार्थ खेलकुद परिषदले उपाधि जितेको थियो।

२४ फागुन, २०७९, १६:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।