पर्यटक लोभ्याइरहेको नयाँ डेस्टिनेशन ‘रानी झरना’

पर्यटक लोभ्याइरहेको नयाँ डेस्टिनेशन ‘रानी झरना’

बुटवल: रुपन्देहीसँग सीमा जोडिएको पाल्पाको तिनाउ गाउँपालिका वडा नं २ मा पर्छ- रानी झरना। यो ठाउँ अहिले आन्तरिक पर्यटक लोभ्याउने गन्तव्य बनेको छ।

ढापखोला सामुदायिक वनले वनपैदावारबाहेक अन्य आम्दानीको स्रोतको रूपमा रानी झरनाको योजना अगाडि बढाएको हो।

ढापखोला सामुदायिक वन उपभोक्ता समूहको बगाहामा रहेको झरना बुटवलको कोलाहल र भीडभाडबाट केवल आठ किलोमिटरको दूरीमा छ।

बुटवलबाट पाँच किलोमिटर पर दोभान छ अनि दोभानबाट तीन किलोमिटरमा आउँछ रानी झरना। सिद्धार्थ राजमार्गमा रहेको दोभानको मुख्य बाटोबाट सुन्दर मनोरम गाउँ छिचोल्दै रानी झरना पुग्न सकिन्छ।

ढापखोला सामुदायिक वनले वनपैदावारबाहेक अन्य आम्दानीको स्रोतको रूपमा रानी झरनाको योजना अगाडि बढाएको हो।

ढापखोला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कुम्भकला खड्काले छोटो समयमा रानी झरना प्रचारमा आएको बताउँछिन्।

सामुदायिक वनबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गरिहेको र सो क्षेत्रमा शिव मन्दिर बनाउने योजना रहेको अध्यक्ष खड्काले बताइन्।

वन ७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। झरनासम्म पुग्ने पूर्वाधार विकासका लागि प्रदेश र सङ्घीय सरकारबाट आवश्यक सहयोगको लागि पहल भइरहेको उनले बताइन्।

झरनासम्म पुग्ने काठेभर्याङ, सुन्दर काठेपुल, मन्दिर, मुख्य प्रवेशद्वार बनाइएको छ।

निवर्तमान वडाध्यक्ष राजेश श्रेष्ठले डिभिजन वन कार्यालय पाल्पाबाट प्राप्त पाँच लाख बजेट र ढापखोला सामुदायिक वनको आन्तरिक स्रोतबाट झरनामा आर्कषक काठको रेलिङ र पुल बनाएको बताए।

दोभान एकीकृत पर्यटन विकास केन्द्रका अध्यक्ष दलबहादुर गुरुङले रानी झरनासहित यहाँका अन्य पर्यटकीय क्षेत्रले सबैको ध्यान तानेको बताए। 

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले रानी झरनालाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने र तिनाउका सबै पर्यटकीय क्षेत्रको संरक्षण गरिने बताए।

झरनासम्म पुग्ने काठेभर्याङ, सुन्दर काठेपुल, मन्दिर, मुख्य प्रवेशद्वार बनाइएको छ।

पर्यटकहरूलाई हरियाली गाउँ, हाँपुर र महापुरसम्म पुर्याउन सकेमा आन्तरिक पर्यटनको प्रवर्द्धन अझै हुने स्थानीय तोया लम्सालले बताए।

२२ फागुन, २०७९, ०८:५०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।