सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

विश्वासको मत लिनका लागि आज दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।

​​​​​​एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

२१ फागुन, २०७९, १७:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।