अरसफ हकिमीमाथि बलात्कार आरोप

अरसफ हकिमीमाथि बलात्कार आरोप

एजेन्सी : मोरक्को तथा पेरिस सेन्ट जर्मनका डिफेन्डर असरफ हाकिमीविरुद्ध बलात्कार आरोप लागेको छ।

हकिमीमाथि एक २४ वर्षीय महिलाले २५ फेब्रुअरीमा आफ्नो पेरिसस्थित घरमा बलात्कार गरेको आरोप लगाएको बीबीसीले जनाएको छ।

घटनाबारे महिलाले आइतबार स्थानीय प्रहरीमा जानकारी गराए पनि अहिलेसम्म दर्ता भने नभएको समाचारमा उल्लेख छ।

जानकारी पाएलगत्तै पेरिसको पश्चिमी शहर नानटेरेमा घटनाको विषयमा प्रारम्भिक अनुसन्धान थालेको छ।

स्पेनमा जन्मिएका हकिमी मोरक्कोका लागि एकदमै महत्वपूर्ण खेलाडी हुन्। 

गतवर्ष कतारमा भएको विश्वकपमा उनको टोली सेमिफाइनलसम्म पुग्दै इतिहास रचेको थियो। यसअघि कुनै पनि अफ्रिकी देश सेमिफाइनलसम्म पुगेको थिएन।

उनको प्रदर्शनका कारण मंगलबार विहान पेरिसमा भएको फिफा उत्कृष्ट अवार्ड समारोहमा समेत उनलाई सम्मान गरिएको थियो। हकिमी र पीएसजीले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

१७ फागुन, २०७९, ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।