युभेन्ट्स रोमाञ्चक पूनरागमन, दोस्रो हाफमा पूरै हावी

युभेन्ट्स रोमाञ्चक पूनरागमन, दोस्रो हाफमा पूरै हावी

एजेन्सी : इटालियन सिरी ‘ए’मा रोमाञ्चक पूनरागमन गर्दै युभेन्ट्सले जित दर्ता गरेको छ।

घरेलु मैदानमा भएको खेलमा टोरिनोसँग पछि परेको स्थिति उल्ट्याएर ४–२ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो।

युभेन्ट्सको पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले गोल गरे। टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल गरे।

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट युभेन्ट्स खेलमा पछि परेको थियो। १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरी गोल फर्काए।

४३औं मिनेटमा र एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफ भने युभेन्ट्सको पक्षमा रह्यो। ७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए भने ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्द युभेन्ट्सको जित पक्का गरे।

जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ। पराजित टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा छ।

१७ फागुन, २०७९, ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।