भ्रष्टाचार मुद्दामा दोषी ठहरिए कांग्रेस सांसद टेकबहादुर गुरुङ

भ्रष्टाचार मुद्दामा दोषी ठहरिए कांग्रेस सांसद टेकबहादुर गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर्याएको हो।

मंगलबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा बलभद्र बास्तोलाको इजलासले यस मुद्दामा गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ।

अब यस मुद्दाको सजाय भने २५ फागुनमा सुनाइने बताइएको छ।

१६ फागुन, २०७९, २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।