नेपाली सेनाकै डिजिटल अभिलेख सुरक्षित छैन, यहाँको डेटा मलाई टर्कीमा देखाइदियो : आरजु राणा

नेपाली सेनाकै डिजिटल अभिलेख सुरक्षित छैन, यहाँको डेटा मलाई टर्कीमा देखाइदियो : आरजु राणा

काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख नै सुरक्षित नरहेको खबर आफूले पाएको बताएकी छन्।

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित ‘अल नेपाल ह्याकथन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणालीको सुरुवात भएपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताइन्।

उनले भनिन्, ‘हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ।’

‘साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ। सरकारले यसका लागि केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ,’ उनले थपिन्।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उनले उल्लेख गरिन्।

१६ फागुन, २०७९, १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।