सुर्खेतमा ट्रकको ठक्करबाट घाइते भएका चौधरीको मृत्यु

सुर्खेतमा ट्रकको ठक्करबाट घाइते भएका चौधरीको मृत्यु

सुर्खेत : ट्रकको ठक्करबाट गम्भीर घाइते भएका वीरेन्द्रनगर–११ का कृष्ण चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

वीरेन्द्रनगर–१० स्थित घुस्रा जाने सडकको बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनी ट्रकले सोमबार विहान ठक्कर दिएका उनको अपरान्ह उपचारका क्रममा प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो।

दुर्घटनामा वीरेन्द्रनगर-१० का बुद्धिराम थारु गम्भीर घाइते भएका छन्। उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

घटनापछि ट्रक चालक जुम्लाको चन्दननाथ नगरपालिका-३ घर भई हाल वीरेन्द्रनगर-१० बस्ने ३६ वर्षीय रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ।

१५ फागुन, २०७९, १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।