मंगलबार २९ बैशाख, २०८३
आज सुन तोलामा चार सय रुपैयाँले घट्यो
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि अघिल्लो कारोबार दिनमा छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ४०० कायम थियो।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।
फागुन १४, २०७९ आइतबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।