वैदेशिक रोजगारीमा आत्महत्याको डरलाग्दो आँकडा, अकर्मण्य सरकारी निकाय

वैदेशिक रोजगारीमा आत्महत्याको डरलाग्दो आँकडा, अकर्मण्य सरकारी निकाय

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आर्थिक वर्ष ७६/७७ मा ६७२ जना श्रमिकको मृत्यु हुँदा ७७/७८ मा एक हजार २४२ जनाको वैदेशिक रोजगारीका क्रममा ज्यान गएको थियो। 

आव ७८/७९ मा करिब एक हजार पाँच सय श्रमिकको मृत्यु भएको बोर्डको अनौपचारिक तथ्याङ्क छ।

वैदेशिक रोजगारीमा आत्महत्याको तथ्याङ्क
नेपाल लेबर माइग्रेशन रिपोर्टअनुसार सन् २०२२ उता पछिल्लो १४ वर्षमा १० हजार ६६६ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। तीमध्ये २६६ महिला छन् भने बाँकी पुरुष हुन्।

सन् २०१९-२० देखि सन् २०२१-२२ सम्म नेपाली श्रमिकहरूको आत्महत्याको आँकडा पनि प्रस्तुत गरेको छ। जसमा तीन वर्षको अवधिमा सबैभन्दा धेरै ८० जना श्रमिकले मलेशियामा आत्महत्या गरेका छन्। त्यसपछि साउदी अरेबियामा ७८, कतारमा ५० र यूएईमा ५८ नेपाली कामदारले आत्महत्या गरेका छन्।

उक्त प्रतिवेदनका अनुसार १४ वर्षको अवधिमा एक हजार १८७ नेपाली श्रमिकहरूको मृत्युको कारण भने  आत्महत्या हो। 

श्रम मन्त्रालयले निकालेको उक्त प्रतिवेदनअनुसार खाडी मुलुकमा नेपालीले आत्महत्या गर्नुको प्रमुख कारण चिन्ता, निराशा, क्षयरोग, दुर्घटना, चोटपटक र टाउको दुख्नु आदि उल्लेख छ।

उक्त तथ्याङ्कले सन् २०१९-२० देखि सन् २०२१-२२ सम्म नेपाली श्रमिकहरूको आत्महत्याको आँकडा पनि प्रस्तुत गरेको छ। जसमा तीन वर्षको अवधिमा सबैभन्दा धेरै ८० जना श्रमिकले मलेशियामा आत्महत्या गरेका छन्। त्यसपछि साउदी अरेबियामा ७८, कतारमा ५० र यूएईमा ५८ नेपाली कामदारले आत्महत्या गरेका छन्।

विदेशमा मृत्यु हुने महिलामध्ये ३० प्रतिशतले आत्महत्या गर्ने गरेको देखिन्छ।

वैदेशिक रोजगारमा जाने १५ देखि ५८ वर्ष सम्मका कामदारहरूमा मानसिक समस्या बढी देखिने कुरा अन्तराष्ट्रिय श्रम संगठनको एक प्रतिवेदनमा उल्लेख छ। जसमा साउदी, कतार, मलेसिया, इजरायाल, कोरिया जस्ता मुलुकमा काम गर्ने नेपालीले सबैभन्दा धेरै मानसिक कष्ट भोगिरहेका छन्।

वैदेशिक रोजगारीमा मृत्यु हुने महिलाको अवस्था

वैदेशिक रोजगारमा जाने पुरुषको तुलनामा महिला कम रहे पनि वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार विदेशमा कुल हुने मृत्युमा महिलाको सङ्ख्या १० प्रतिशत छ। विदेशमा मृत्यु हुने महिलामध्ये ३० प्रतिशतले आत्महत्या गर्ने गरेको देखिन्छ।

पाँचथरकी सोनमाया तामाङको आत्महत्यालाई यसैको एउटा उदाहरणका रूपमा लिन सकिन्छ। सोनमाया कुवेत गइन्। काम गर्न थालेको वर्ष दिनपछि उनलाई कसैले श्रीमान्‌को अर्कैसँग चक्कर चलेको खबर सुनाइदिए। कामको बोझले थलिएकी सोनमायाको दिमागमा श्रीमान्‌को कर्तुतले पीडा दिन थाल्यो। उनी विस्तारै डिप्रेशनको शिकार हुन थालिन्। यता उनको श्रीमान्‌ले अर्की विहे गरे अनि सोनमायाले झुण्डिएर आत्महत्या गरिन्।

महिलाहरूको आत्महत्याको कारण विदेशमा हुने शारीरिक शोषण र नेपालबाट गएपछि सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई मानिएको छ।

०००

एक वर्षअघि दुबईमा घरेलु कामदारका रूपमा गएकी पाल्पाकी सीता लिम्बूले चार महिनाअघि आत्महत्या गरिन्। अघिल्लो दिन साँझसम्म घरपरिवारसँग राम्ररी फोनमा कुरा गरेकी सीता एक्कासि सम्पर्कविहीन भएकी थिइन्। सीताले आत्महत्या गर्नुको कारण परिवारले अझै थाहा पाउन सकेको छैन। 

परिवारका सदस्यका अनुसार उनी बेलाबेला विदेशमा सोचेजस्तो नहुने बताउँथिन्। घरमा कमाएर पठाउन पनि सकिरहेकी थिइनन्। विदेशमा सोचेजस्तो काम नपाउनु, काम कठिन हुनु र राम्रो पारिश्रमिक नपाउनु उनको आत्महत्याको कारण रहेको उनको परिवारको अनुमान छ।

वैदेशिक रोजगारमा गएका कतिपय महिलाहरू नेपाल फर्कनुभन्दा उतै आत्महत्या गर्नु नै ठीक ठान्छन्। विदेशमा आफूमाथि हुने हिंसा लगायतका कारणले उनीहरू आत्महत्यालाई नै उपयुक्त विकल्प ठान्छन्।

कतिपय अवस्थामा आफू विदेश गएका बेला घरमा श्रीमान्‌ले अर्को विवाह गर्नु पनि विदेशमा काम गर्ने महिलाका लागि आत्महत्या गर्ने कारण बनेको छ। 

पाँचथरकी सोनमाया तामाङको आत्महत्यालाई यसैको एउटा उदाहरणका रूपमा लिन सकिन्छ। सोनमाया कुवेत गइन्। काम गर्न थालेको वर्ष दिनपछि उनलाई कसैले श्रीमान्‌को अर्कैसँग चक्कर चलेको खबर सुनाइदिए। कामको बोझले थलिएकी सोनमायाको दिमागमा श्रीमान्‌को कर्तुतले पीडा दिन थाल्यो। उनी विस्तारै डिप्रेशनको शिकार हुन थालिन्। यता उनको श्रीमान्‌ले अर्की विहे गरे अनि सोनमायाले झुण्डिएर आत्महत्या गरिन्।

अकर्मण्य सरकारी निकाय

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका समस्या बुझ्ने र संरक्षण दिने दायित्व सुम्पेर वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको गठन गरेको छ। तर, यी संस्थाहरू वैदेशिक रोजगारीमा जाने श्रमिकहरूप्रति संवेदनहीन भएको देखिन्छ।

सम्बन्धित अधिकारीहरू प्रायः आफ्नो कुर्सीमा भेटिँदैनन्। कहिले मन्त्रालय गएको र कहिले बिदामा बसेको जवाफ पाइन्छ। २४ सै घण्टा गुनासो सुन्नुपर्ने निकाय अकर्मण्य अवस्थामा भेटिन्छन्।

वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डका आधिकारिक वेवसाइटमा रहेका फोन नम्बरहरू कुनै लाग्दैनन्। कुनै लागे पनि सोधेका प्रश्नको उचित जवाफ पाइँदैन। 

सम्बन्धित अधिकारीहरू प्रायः आफ्नो कुर्सीमा भेटिँदैनन्। कहिले मन्त्रालय गएको र कहिले बिदामा बसेको जवाफ पाइन्छ। २४ सै घण्टा गुनासो सुन्नुपर्ने निकाय अकर्मण्य अवस्थामा भेटिन्छन्।

९ फागुन, २०७९, १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।