पोखराबाट माधव नेपालको टिप्पणीः प्रचण्ड नेतृत्वको सरकार खिचडी गठबन्धन

पोखराबाट माधव नेपालको टिप्पणीः प्रचण्ड नेतृत्वको सरकार खिचडी गठबन्धन

पोखरा : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड नेतृत्वको सरकार खिचडी गठबन्धन भएको टिप्प्णी गरेका छन्।

बुधबार विहान समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले विचार नमिल्नेहरूबीच खिचडी गठबन्धन बनेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘विचार नमिल्ने दलबीच सत्ता स्वार्थका लागि गठबन्धन भएको छ। न यसको विचार मिल्छ, न यो गठबन्धन संविधानप्रति पनि प्रतिबद्ध नै छ। यो गठबन्धन गणतन्त्र र संविधानप्रति पनि प्रतिबद्ध छैन।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राष्ट्रपति एमालेलाई दिँदा दलबीच सत्ता सन्तुलन बिग्रने बताउँदै शक्ति सन्तुलन कायम गर्न पनि एमाले बाहेकका दलले राष्ट्रपति लिनुपर्ने बताए।

सभामुख र राष्ट्रियसभाका अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अन्य दलहरूले लिएर शक्ति सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ।

अध्यक्ष नेपालले राजनीतिक स्थायित्व र संविधानको रक्षा गर्नका लागि राष्ट्रपतिमा सहमति हुनुपर्ने उल्लेख गरे। उनले वर्तमान सत्ता गठबन्धनकै कारण देश प्रतिगमनको यात्रातर्फ लागेको संकेत देखिन थालेको जिकिर गरे।

३ फागुन, २०७९, ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।