मंगलबार २९ बैशाख, २०८३
गरालोले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
दैलेख : श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या आरोपमा प्र्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्का रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्बतीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
फागुन २, २०७९ मंगलबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।