राष्ट्रियसभा सदस्य उप–निर्वाचनमा १९५ मत खस्याे

राष्ट्रियसभा सदस्य उप–निर्वाचनमा १९५ मत खस्याे

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उप–निर्वाचनअन्तर्गतको मतदान जारी रहेको छ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केहीबेर अघि मुख्यमन्त्री लिला गिरीले पनि मतदान गरेका छन्।

यो समाचार तयार पार्दासम्म ३०५ मतदाता रहेकोमा १९५ मत खसिसकेको छ।

जसमध्ये ६० जना प्रदेशसभा सदस्य र १३५ जना स्थानीय तहका प्रतिनिधि रहको निर्वाचन कार्यालयले जनाएको छ।

मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान दिउँसो ३ बजेसम्म हुनेछ।

२५ माघ, २०७९, ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।