सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी–२० लिगको सम्झौता रद्द

सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी–२० लिगको सम्झौता रद्द

काठमाडौं : भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता रद्द गरेको छ।

नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो।

नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको सीआईबीले सार्वजनिक गरिसकेको अवस्थामा कम्पनीले क्यान र राष्ट्रिय खेलकुद परिषद्लाई पत्र पठाएर सम्झौता रद्द गरेको हो।

१७ माघ, २०७९, १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।