आइतबार १६ बैशाख, २०८१
सुन तोलामा पाँच सय रुपैयाँले घट्यो
काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ। आज छापावाल सुन तोलामा रु ९६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै आज नेपालमा तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु पाँच घटेको छ। आज चाँदी एक हजार २२५ रुपैयाँ प्रतितोला कायम भएको महासङ्घले जनाएको छ।
२६ साउन, २०७९, १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।