घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै, गठबन्धन पछिपछि

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै, गठबन्धन पछिपछि

बुटवल : घोराही उपमहानगरपालिकामा ४९ हजार बढी मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले अग्रता कायमै राखेका छन्।

४९ हजार १ सय ४७ मत गणना गर्दा नरुलालले १३ हजार १ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हेमराज शर्माले ११ हजार १ सय ७४ मत प्राप्त गरेका छन्। उनीहरू बीचको मतान्तर १८२८ रहेको छ।

त्यस्तै उपमेयरमा एमालेकी उपमेयर पदकी उम्मेदवार हुमा डिसीले १२ हजार ५ सय २२ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १२ हजार ४ सय ५० मत प्राप्त गरेका छन्।

२ जेठ, २०७९, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।