पोखरामा गठबन्धनका मेयर-उपमेयरका उम्मेदवारको अग्रता कायमै

पोखरामा गठबन्धनका मेयर-उपमेयरका उम्मेदवारको अग्रता कायमै

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मतगणनाको सुरुवातबाटै अग्रता लिइरहेका छन्।

महानगरमा चार हजार ६ सय मतगणना हुँदा आचार्यले २ हजार ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले एक हजार ९ सय ३७ मत पाएका छन् । थापाको भन्दा आचार्यको १२७ मत बढी छ। 

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले २ सय २३ मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले १ सय १८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन्।

पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्बर १,२, १२,२३,२४ र २५ वडाको मतगणना चलिरहेको छ। पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

१ जेठ, २०७९, २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।