तीन शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुरको विद्यालय तोडफोड

तीन शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुरको विद्यालय तोडफोड

मकवानपुर : मकवानपुरको जनता माध्यमिक विद्यालयका विध्यार्थीहरुले तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यालय बन्द गराएका छन्। मकवानपुरको वाग्मती गाउँपालिकामा रहेको जनता मावि फापरबारीमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू तोडफोडमा उत्रिए। मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरूलाई शिक्षक दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गरेका हुन्।

विद्यार्थी विरोध र तोडफोडमा उत्रिएपछि विद्यालयको पठनपाठनै अवरुद्ध भयो।

‘घटनास्थलमा प्रहरी पुगेको छ। यस विषयमा सोधपुछ भइरहेको छ। शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौँ’, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख गुरुङले भने

उनका अनुसार छात्राहरूले तीन शिक्षकमाथि पटक पटक दुर्व्यवहार गरेको आरोप लगाएका छन्। ‘२\३ दिन अगाडिको घटना रहेछ। जाहेरी आएपछि धेरै विषय जानकारी हुन्छ’, उनले भने।

२२ चैत, २०७८, २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।