राप्रपालाई मकवानपुरमा धक्का, जिल्ला समितिसहित ७८ जना राप्रपा नेपालमा

राप्रपालाई मकवानपुरमा धक्का, जिल्ला समितिसहित ७८ जना राप्रपा नेपालमा

हेटौँडा : निर्वाचनमा पराजित भएपछि राप्रपाबाट अलग भएर राप्रपा नेपाललाई सक्रिय बनाउन थालेका कमल थापाले मूल पार्टीमा ठुलो प्रभाव पार्न सकेनन्। उनका समर्थकमध्ये न्यून नेता मात्रै राप्रपा नेपालमा आए। उनका विश्वास पात्र कुन्ती शाहीहरू समेत मूलधारमै बसे।

तर थापाको जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरमा भने मूल राप्रपालाई ठुलो धक् लागेको छ। पार्टी विभाजन नगरी नयाँ पार्टी निर्माण सुरु गरेको दाबी गर्ने थापा नेतृत्वको राप्रपा नेपालमा राप्रपा मकवानपुरको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटासहित ७८ नेता सहभागी भएका छन्।

मङ्गलवार उनीहरूले संयुक्त वक्तव्य जारी गरेर पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै राप्रपा नेपालमा सक्रिय हुने उल्लेख गरेका छन्।

वक्तव्यमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष अनि जन वर्गीय सङ्गठनका प्रमुखको नाम समेत उल्लेख छ।

पार्टीले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाइरहेको बेलामा जिल्ला कार्यसमितिसहित प्रभावशाली नेताहरूले पार्टी छाड्दा मकवानपुरमा धक्का लागेको छ।

१५ चैत, २०७८, २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।