निर्वाचन आयोगका कारण एमाले जीवित रहेको प्रचण्डको दाबी

निर्वाचन आयोगका कारण एमाले जीवित रहेको प्रचण्डको दाबी

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सहयोग नगर्दा एमाले पार्टी ब्युतिएको बताएका छन्। चितवनको माडीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफुहरुले दिएको निवेदन निर्वाचन आयोगले तत्काल सनाखत नगराउँदा एमाले पार्टी ब्युतिएको उनले दाबी गरे। आयोगले सनाखत गरेको भए अहिले आफुहरु नेकपाका नेता तथा कार्यकर्ता हुने उनले बताए।

स्थानीय तहको निर्वाचन आउन ५० दिन मात्रै बाँकी भएपछि नेताहरु चुनावी दौडाहामा लागेका छन्। उनले निर्वाचनमा माओवादीले जित्दा मात्रै संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने समेत बताए। उनले निर्वाचन आउने जाने भए पनि यस वर्षको चुनाव पार्टीको लागि सामान्य नभएको बताए।

उनले अन्य पार्टीको भन्दा माओवादी केन्द्रको महाधिवेशन भिन्न रहेको दाबी गर्दै महाधिवेशनबाट राजनीतिक विचार र कार्यदिशा निर्माणका क्षेत्रमा बहस गरेर सर्वहारावादी कम्युनिस्ट पार्टीले लिने नीतिबारे छलफल र बहस गरेको दाबी गरे।

जवकी महाधिवेशन सकिएको महिनौँ वित्दा पनि पार्टीको कार्यसमितिले पूर्णता पाउन सकेको छैन। उनी अध्यक्ष चुनिए पनि अन्य पदाधिकारी चुनिएका छैनन्। निर्वाचनको साटो सर्वसम्मत बनाए। उनले माओवादी केन्द्रमा ८ लाख सदस्य रहेको बताए। उनले पार्टी विशाल बनेको दाबी समेत गरे।
 

१० चैत, २०७८, १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।