बागमती प्रदेश सभा बैठक बस्दै, तीन विधेयकमाथि छलफल हुने

बागमती प्रदेश सभा बैठक बस्दै, तीन विधेयकमाथि छलफल हुने

काठमाडौंः बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकले गत फागुन २९ र ३० गते प्रदेश सभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए।

उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन्। 

८ चैत, २०७८, १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।