एसइई परीक्षाको जिम्मा प्रदेशलाई दिने तयारी

 एसइई परीक्षाको जिम्मा प्रदेशलाई दिने तयारी

धादिङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिने तयारीमा भइरहेको बताएका छन्।

उनले संविधान अनुसारको अधिकार प्रत्यायोजनका लागि सरकार सकारात्मक रहेको बताउँदै शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए। उनले आगामी वर्षमा बजेटको आकार बढ्ने दाबी समेत गरे।

 ‘शिक्षा सुधारका लागि योजना बनाएका छौँ,’ मन्त्री पौडेलले भने , ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ।’

२५ फागुन, २०७८, २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।