चितवन कांग्रेसको नेतृत्वमा राजेश्वर

चितवन कांग्रेसको नेतृत्वमा राजेश्वर

चितवन  : दोस्रो भएका उम्मेदवारले समर्थन गरेपछि राजेश्वर खनाल नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध भएका छन्।

पहिलो चरणमा भएको निर्वाचनमा खनाल मत अनुसार पहिलो भए पनि ५१ प्रतिशत नआउँदा निर्वाचित हुन सकेका थिएनन्। पहिलो चरणको निर्वाचनमा दोस्रो मत पाएका मिलनबाबु श्रेष्ठले निर्वाचन प्रक्रियामा नगई खनाललाई समर्थन गरेपछि उनी निर्विरोध भए।

शुक्रवारबाट सुरु भएको अधिवेशनमा सहमति हुन नसक्दा पाँच जना उम्मेदवार भका थिए। पहिलो चरणमा कुनै उम्मेदवार ५१ प्रतिशत नल्याएपछि पहिलो र दोस्रो हुने उम्मेदवारबिच शनिवार निर्वाचन गर्ने कार्यतालिका थियो। तर श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः सभापति निर्वाचित भए।

पहिलो चरणमा खनालले ७४६, श्रेष्ठले ६६२, उत्तम जोशीले ४७३, कैलाश कोइरालाले ४१२ र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत पाएका थिए।

२१ फागुन, २०७८, १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।