चितवन कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान, खनाल र श्रेष्ठबिच प्रतिस्पर्धा

चितवन कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान, खनाल र श्रेष्ठबिच प्रतिस्पर्धा

चितवन : पहिलो चरणको मतदानमा कसैको बहुमत नआएपछि नेपाली कांग्रेस चितवनको सभापतिका लागि बढी मत ल्याउने २ जनाबिच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिस्पर्धामा पाँच उम्मेदवार थिए। शुक्रबारको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन्। त्यसपछि सभापतिमा धेरै मत ल्याएका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबिच आज शनिवार प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबारको मतदानमा खनाल पहिलो र  श्रेष्ठ दोस्रो भएका थिए। २ हजार ९ सय ४४ मतदातामध्ये  २ हजार ८ सय २० जनाले मतदान गर्दा खनालले ७४६ मत ल्याएका थिए भने श्रेष्ठको ६६२ मत पाएका थिए। उत्तम जोशीले ४७३, सूर्यकान्त घिमिरेले  ४२६ र कैलाश कोइरालाको ४१२ मत पाए।

श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार हुन्। दोस्रो चरणका लागि आज शनिवार मध्यान्ह साढे १२ बजेदेखि साढे चार बजेसम्म मतदान हुनेछ।  सभापति र दुई उपसभापति, दुई सचिव र दुई जना सहसचिवसहित जिल्ला अधिवेशनले ४८ सदस्यीय  कार्यसमिति चयन गर्ने छ।

२१ फागुन, २०७८, ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।