बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौंः बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। भोलि फागुन १६ गतेका लागि तय गरिएको बैठक पनि प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश स्थगन गरेको जनाएको छ। 

यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।

१५ फागुन, २०७८, १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।