मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश 

मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश 

काठमाडौं : मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ। 

प्रधानमन्त्री केपी ओलीले पुस १० गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई गर्दै यस्तो आदेश दिएको हो।

रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि ओलीले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका थिए। उक्त रिट यस अघि तेस्रो पटक सम्म हेर्न नभ्याइनेमा राखिएको थियो। 

२० पुस, २०७७, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।