सकसमा नेकपा नेता : अब चुनावमा जाने की अदालत ?

सकसमा नेकपा नेता : अब चुनावमा जाने की अदालत  ?

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनसँगै नयाँ निर्वाचनको मिति तोकिसकिन्। तर संसद् विघटनको सिफारिस गर्ने दल नेकपाकै सांसदहरू अब निर्वाचनको तयारीमा लाग्ने कि संसद् विघटनविरुद्ध रिट बोकेर अदालत जाने भन्नेमा विभाजित देखिएका छन्।

पार्टीमा बढेको धुब्रीकरणपार्टीका नेताहरू समेत प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहमा विभाजित भएका छन्। प्रचण्ड, माधव नेपाल, झालनाथ खनाल समूहका नेताहरू संसद् विघटन गर्ने काम गैर संवैधानिक भन्दै यसलाई अदालतमा चुनौती दिनुपर्ने पक्षमा देखिए भने ओली पक्षधर नेताहरू भने अब निर्वाचनको तयारीमा जुट्नुपर्ने पक्षमा उभिए।

नेपाल निकट नेकपाका सांसद लालबाबु पण्डितले संसद् विघटन गर्नु गलत भएकाले संवैधानिक अदालतमा यो मुद्दा जाने बताए भने नेकपाकै अर्का सांसद तथा ओली निकट नेता खगराज अधिकारीले भने अब नयाँ निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

‘संसद् विघटन गर्नु गलत भएकाले संवैधानिक अदालतमा यो मुद्दा जान्छ अनि मात्र यसको अन्तिम टुङ्गो लाग्छ’ पण्डितले उकेरासँग भने। 

नेकपाका सांसद अधिकारीलेसंसद् विघटन भइसकेकोे अवस्थामा नेकपा निर्वाचनको तयारीमा लाग्ने तर्क गरे।  उनले भने,‘ विघटन नहुनुपथ्र्यो भयो।  अव अल्झिएर बस्नुभन्दा निर्वाचनमा जानुपर्छ।’ 

लालबाबुले यसबारे निर्णय पार्टीको स्थायी समितिले गर्ने बताए पनि अधिकारीले भने आधिकारिक रुपमा स्थायी कमिटिको मिटिङबारे जानकारी नभएको बताए।

 

५ पुस, २०७७, १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।