'प्रधानमन्त्रीको सिफारिस विश्लेषण योग्य नै छैन’

'प्रधानमन्त्रीको सिफारिस विश्लेषण योग्य नै छैन’

राजनीतिक विश्लेशक कृष्ण खनालले प्रधानमन्त्रीको संसद विघटनको प्रस्ताव विश्लेषण योग्य नै  नभएको बताए। प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको र अर्को सरकार पनि बन्न नसक्ने अवस्था भएमा मात्र विघटन हुन सक्ने बताउँदै उनले भने 'त्यो अवस्था पनि होइन । मनपरीतन्त्र हुने भयो ।'

'मनपरी तन्त्र हुने भयो'

-कृष्ण खनाल, राजनीतिक विश्लेषक

प्रधानमन्त्रीले संसद् विघटनको प्रस्ताव गर्नु भएको छ । अहिलेको संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको विघटन गर्ने व्यवस्था छैन । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको र अर्को सरकार पनि बन्न नसक्ने अवस्था भएमा मात्र विघटन हुन सक्छ । त्यो अवस्था पनि होइन । मनपरी तन्त्र हुने भयो ।

संविधानमा कहीँ कतै  नलेखिएको संसद् विघटनको प्रस्ताव विश्लेषण योग्य नै छैन । संविधानमा कानुनमा लेखिएको कुरा भएको भए पो यसै हुन्छ भन्ने अवस्था रहन सक्छ यो अवस्थामा केही भन्न सक्ने अवस्था रहेको छैन । त्यस कारण तत्काल नेपालको राजनीतिको अवस्था यही हुन्छ भन्ने सक्ने अवस्था छैन ।

५ पुस, २०७७, १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।