बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक
फायल फोटो

काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बसेको हो।

नेकपामा बढिरहेको किचलो समाधानका लागि शनिवार ओलीले गरेको भेटघाटको दौडधुप संवैधानिक परिषद्को अध्यादेशमा अड्किएको थियो। 

उनले अध्यादेश फिर्ताको वचन दिए पनि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय नगरेपछि पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता सशङ्कित बनेका थिए। उता प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिन राजपासँग सहकार्यको प्रस्ताव गरेको छ।

मन्त्रिपरिषद् बैठकमा दुवै विषयमा छलफल र निर्णय हुनसक्छ

५ पुस, २०७७, १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।