कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय

काठमाडौं : नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय मनोनीत भएका छन्।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रोकायलाई प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएको छ।

निजी सचिव केशवराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ।’

 प्रमुख सचेतक रमेशजंग रायमाझीले राष्ट्रियसभा सदस्यको ६ बर्षे कार्यकाल पुरा गरेपछि उक्त पद रिक्त थियो।

रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन्।

 

१२ चैत, २०८०, १५:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।