यी स्थानहरूमा वर्षाको सम्भावना

यी स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौं : आज देशका मध्य र पूर्वी भागमा दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिनयता मध्य र पूर्वी नेपालमा वर्षा भइरहेको छ।

आइतबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने विभागले जनाएको छ। ती क्षेत्रमा अझै एक सातासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्।

आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हिमपात समेत पर्न सक्ने विभागले जनाएको छ।

११ चैत, २०८०, ०९:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।