अझै कति दिनसम्म पानी पर्छ?

अझै कति दिनसम्म पानी पर्छ?

काठमाडौं : केही दिनयता काठमाडौंसहित देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।

यसैबीच, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अझै तीन दिन वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपासका क्षेत्रको न्यूनचापीय प्रणाली प्रभावले तीन दिन पानी पर्ने पूर्वानुमान छ।

मौसमविद् गोविन्द झाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको बताए।

‘कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक/दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना छ’, उनले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ।’

१० चैत, २०८०, १५:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।