कैलालीमा के गर्दैछन् पूर्वयुवराज पारश?

कैलालीमा के गर्दैछन् पूर्वयुवराज पारश?

काठमाडौं : पूर्वयुवराज पारश शाह अहिले कैलालीमा छन्।

उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका -१६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्।

उनी साेमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव वीरेन्द्र चन्दले बताए।

झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह अहिले धनगढीस्थित रुवस हाेटेलमा बसिरहेका छन्।

शाहले सुदूरपश्चिम प्रदेशका धार्मिक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रवीन्द्र कार्कीले बताए। उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ।

२९ फागुन, २०८०, २०:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।