कोप–२८ मा प्रधानमन्त्री दाहालले भने‘ हाम्रो हिमाल संकटमा परिसके’

कोप–२८ मा प्रधानमन्त्री दाहालले भने‘ हाम्रो हिमाल संकटमा परिसके’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन्।

युएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै उनले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको बताए।

उनले यसको कारण हिमालमा ठुलो असर पर्ने र सङ्कट आइसकेको बताए। 

‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठुलो असर पर्ने सङ्कट आइसकेको छ’ उनले भने।

सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानि नोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा उनले जोड दिएका थिए।

१६ मंसिर, २०८०, १६:२२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।